धनुषामा एक युवतीलाई सामुहिक वलात्कारपछि हत्या गर्ने प्रयास भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ की १८ वर्षिया युवतीलाई सामुहिक वलात्कारपछि रुखमा झुण्डाएर हत्या गर्ने प्रयास भएको हो ।
रुखमा झण्ड्याउने क्रममा स्थानिय एक व्यक्तिले देखेपछि वलात्कारीहरु भाग्दा उनको ज्यान भने जोगिएको छ । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।
घट्ना गत कात्तिक ३ गतेको हो । नातेदार राजेश महतोले फोन गरेर बोलाएपछि घर नजिकैको सडकमा पुगेकी उनलाई अपहरण शैलीमा बर्दिवास लगेर ३ जनाले पालैपालो करणी गरेको पीडित युवतीले बताएकी छन् ।
वलात्कारपछि घर ल्याएर छाड्न लाग्दा युवतीले कानूनी उपचार खोज्ने चेतावनी दिएपछि उनीहरुले घाँटी थिचेको र त्यसपछि रुखमा झुण्डाएर मार्न खोजेको पीडित युवतीको भनाई छ ।
यसैबीच, प्रहरीले वलात्कारमा संलग्न २ युवकलाई पक्राउ गरेको बताएको छ । धनुषा प्रहरीले उनीहरुलाई पक्राउ गरेको र १ जना फरार भएकाले खोजी भइरहेको बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







