पोखराको पीसीएममा शिक्षक र कर्मचारीबीच मैत्रीपूर्ण फुटसल


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०७९ मा प्रकाशित




पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबीच फुटसल प्रतियोगिता भएको छ।

पोखरा फुटसल अरिना, गैरापाटनमा सम्पन्न प्रतियोगितामा प्रथम, दृतिय र तृतिय स्थान हासिल गर्ने टिमहरुलाई पुरस्कार समेत वितरण गरिएको छ।

कलेजको प्राचार्य लिना नेगी श्रेष्ठ र निर्देशक प्राञ्जल कायस्थले मेडल र पुरस्कार प्रदान गरे। प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीमा राजकिरण छत्कुली, सर्वाधिक गोलकर्तामा निकेश कर्मचार्य र सर्वोत्कृष्ट गोलरक्षकमा सरोज कुँबर बने।

कार्यक्रममा बोल्दै प्राचार्य श्रेष्ठले कलेजले यस्ता कार्यक्रमहरु विगतमा पनि गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने बताए।

त्यसैगरी, विजयी टिमका कप्तान प्रतिक राईले प्रतियोगिताले शिक्षक कर्मचारीहरुबीचको सम्बन्ध प्रगाढ बनाएको औंल्याए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।