सांकेतिक तस्बीर
पोखरा आसपासका क्षेत्रमा आज (आइतबार) बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
खोटाङ‚ सिन्धुपाल्चोक‚ काठमाडौंलगायत देशैभरका विभिन्न स्थानमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
विज्ञहरूका अनुसार ०७२ सालकै विनाशकारी भूकम्पका पराकम्प जाँदा बारम्बार स–साना भूकम्प मापन भइरने केन्द्रले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ सेदीमा आज…





