साउन । गायक तथा मोडल भुमिराज ढुंगानाको आधुनिक गीत तथा म्युजिक भिडिया देखेपछि तिमीलाई को बिमोचन कार्यक्रम सम्पन्न भएको छ । पोखरा नागढुङ्गा स्थित बाजेको सेकुवाद्धारा सञ्चालित दिब्यश्री बेन्क्यूटमा भएको कार्यक्रममा गायक ढुङ्गाना र शिक्षक एवम समाजसेवी पुर्ण बहादुर गुरुङले विमोचन गरेका हुन् ।
गीतमा स्वर भुमिराज ढुंगानाको रहेको छ भने किरण देबकोटाको लय तथा शब्द, विशाल परियारले संगीत संयोजन गरेका छन् । भिडियोमा गायक भुमिराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय रहेको छ । गीतको भिडियोको छाँयाकंन भिम तिमिल्सिनाले गर्नुभएको हो ।
कलर, ड्रोन, सम्पादन, रेकर्डिङ, मास्टर, मिक्सिङ अनिल शाही ठकुरीले गरेका हुन् । म्युजिक भिडियोको निर्देशक र कथा लेखन युवराज गुरुङको रहेको छ ।
कार्यक्रममा युवा व्यवसायी बाजेको सेकुवा पोखराका संचालक एकराज गिरी, लेखुराम खाती, कृष्णटोल आमा समूह अध्यक्ष रुपा के सी लगायतले शुभकामना दिएका थिए । गीतका गायक, कलाकार, प्राविधिक टिम, सहयोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पुर्ण बहादुर गुरुङले प्रसंशा पत्र प्रदान गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







