साफ यु–२० च्याम्पियनसीप : नेपालको भारतसँग लज्जासपद हार


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित




साफ यु–२० च्याम्पियनसीप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जासपद हार बेहोरेको छ ।

भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८–० गोलले पराजित बन्यो ।

भारतको जितमा पार्थिव सुन्दर गोगोईले २ गोल गरे । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिव र सुभो पाउलले १÷१ गोल गरे । भारतलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने सपना बुनेको नेपालको योजना सफल हुन सकेन ।

लिग चरणको अन्तिम खेलमा नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल जितेपनि नेपालको फाइनल यात्रा अरुको नतिजामा भर पर्नेछ । हारसँगै नेपालको ३ खेलबाट ६ अंक छ । भारतले पनि ६ नै अंक बनाएको छ ।

शीर्षस्थानमा रहेको बंगलादेशको समान खेलबाट ९ अंक छ । १÷१ अंक बनाएका माल्दिभ्स र श्रीलंकाले प्रतियोगिताबाट बाहिरिएका छन् ।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष २ टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।