गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश अध्यक्ष नवराज अधिकारी कोरोना मुक्त भएका छन् । उनी कोरोना संक्रमित पुष्टि भएको २५ औं दिनमा कोरोना संक्रमण मुक्त भएका हुन् ।
अध्यक्ष अधिकारीले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमण मुक्त भएको जनाएका छन् ।
अधिकारीले उच्च आत्मबल र उच्च मनोबल बनाएरै कोरोनालाई जित्न सफल भएको उल्लेख गरेका छन् । उनले आफूलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्ने तथा हौसला, माया र सान्त्वना प्रदान गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







