आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी ।
आजको दिन नागको पूजा अर्चना तथा घरघरमा नागको तस्बीर टाँसेर नागपञ्चमी मनाइँदैछ।
हिन्दू धर्मसंस्कृतिलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएको छ । आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो । अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शंकपला, कालिया, तक्शका र पिंगला सबै नागहरुको आज पूजा अर्चना गरिन्छ ।
यिनै नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ–आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन्। यसरी, दैलो या मूल खाँबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ। रक्षार्थ टाँसिने यस्ता चित्रहरू ल्याउने र टाँस्ने पुरोहितहरूलाई जजमानले दक्ष अनुसारको दक्षिणा, नैवेद्य र भोजन गराउने चलन छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







