पारस ‘आईसीसी एशोसियट प्लेयर अफ दी डिकेड’मा मनोयन


     एभरेस्ट आवाज    
     मंसिर ९ गते २०७७ मा प्रकाशित




नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का ‘आईसीसी एशोसियट प्लेयर अफ दी डिकेड’मा मनोनयनमा परेका छन् । अन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आयोजना गर्ने सो अवार्डमा नेपालका पूर्व कप्तान पारस खड्कासहित ६ खेलाडी मनोनयन भएका हुन् ।

पारससँगै स्कटल्याण्डका ३ खेलाडी काईल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङ्टन परेका छन् । त्यस्तै, पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्डका पिटर बोरनपनि मनोनयनमा परेको आईसीसीले जनाएको छ ।

पारस नेपालका सफल कप्तान हुन् । उनकै पालामा नेपालले पहिलोपटक टि–२० विश्वकप क्रिकेट खेलेको थियो भने उनी कप्तान रहेकै बेला एक दिवसीय मान्यतासमेत पाएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।