म्याग्दी । अविरल वर्षाका कारण अवरुद्ध बेनी–मालढुङ्गा सडक आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।
पर्वतको कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुङ्गा सडकखण्डकको दमुवा खोला नजिकै झरेको पहिरो पनि जेसिबीकै सहयोगमा पन्छाएर सवारीलाई गन्तव्यमा पठाइएको हो । वर्षा नरोकिएसम्म माथिबाट लेदो खस्ने क्रम नरोकिँदा पहिरो आज दिउँसो मात्रै हटाउन सकिएको हो ।
आइतबार रातिदेखि अवरुद्ध बेनी–जोमसोम सडक भने अझै सञ्चालनमा आउन सकेको छैन ।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको ठाउँठाउँमा बाढीपहिराले क्षति पु¥याएपछि आइतबार रातिदेखि नै सडकमा सिधा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
सडक खुलाउन प्रयास गरिएको भए पनि निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन नसिकएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







