नगरकोटलाई राष्ट्रिय दोहोरी प्रतियोगिताको उपाधि


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




पोखरामा सम्पन्न राष्ट्रिय स्तरको दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोटले जितेको छ ।

कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको उपाधि जित्दै नगरकोट दोहोरी साँझ काठमाडौंले नगद ६ लाख पुरस्कार हात पारेको छ ।

फाइनल प्रतिस्पर्धामा नगरकोटले दरबार दोहोरी साँझ काठमाडौंलाई पराजित गरेको हो । जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया तेस्रो भए । दोस्रो भएको दरबार दोहोरी साँझले ४ लाख पुरस्कार पाउँदा तेस्रो बनेका दुवै टिमले प्रतिटिम डेढ/डेढ लाख पाए ।

प्रतियोगितामा ४८ टिम दर्ता गरेकोमा ४५ टीम सहभागी थिए । उत्कृष्ट गायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का र उत्कृष्ट गायिकामा सोही प्रतिष्ठानका सीता परियार घोषित भए ।

धवलागिरि दोहोरो साँझ ओशाका जापान अनुशासित दोहरी टिम बन्न सफल बन्यो । नवप्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझका शान्ति कार्कीले हात पारिन् । उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई नगद ५०/५० हजारका दरले पुरस्कार दिइएको थियो । नवप्रतिभा प्रोत्साहन पुरस्कारको राशी १० हजार थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।