पोखरामा बसको ठक्करबाट एकको मृत्यू


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०७९ मा प्रकाशित




पोखरा, साउन १८

पोखरामा बसको ठक्करबाट एक जनाको मृत्यू भएको छ । पोखरा सभागृहचोकमा आज विहान ग.१ ख.३८२५ नम्बरको बसले ठक्कर दिदा एक बृद्धको मृत्यू भएको हो । मृत्यू हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई पोखरा लेकसाईडमा बस्दै आएका ७५ वर्षिया बृद्धा सुनमाया तिलिजाको मृत्यू भएको हो ।

बसको ठक्करबाट गम्भीर घाईते भएका तिलिजालाई तत्कालै उद्धार गरेर उपचारका लागि पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) अस्पताल लगिएको थियो । तर उनको उपचारको क्रममा मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।