पोखरामा शनिबार जुम्ल्याहा भेला गरिएको छ।
लायन्स क्लब अफ पोखरा नर्सेसको आयोजनामा जुम्ल्याहा भेला गरिएको हो।
भेलामा २२ जनाको जुम्ल्याहा जोडी तथा तिनका अभिभावकहरु भेला भएका थिए।
गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो।
मन्त्री अधिकारीले कार्यक्रममा बोल्दै प्रदेशको स्वास्थ्य नीति तथा कार्यक्रमबारे प्रकाश पार्दै छिटो भन्दा छिटो कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाइन्।
लायन्स क्लब ईन्टरनेशन डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलको विशेष आतिथ्यता र लायन लिडरहरुको सहभागिता थियो।
डिस्ट्रिक्ट गभर्नर लायन पौडेलले लायन्स क्लब अफ पोखरा नर्सेसले सामाजिक क्षेत्रमा नौलो कार्यक्रम गरेको उल्लेख गरे। आगामी दिनमा कार्यक्रमको निरन्तरताका लागि पौडेलले शुभकामना दिए।
कार्यक्रममा जुम्ल्याहा रामलक्ष्मणले जुम्ल्याहा हुनुको अनुभवबारे, सरिता पहारी सिग्देलले जुम्ल्याहाको अभिभावक अनुभवबार,े लायन ऋतु कोइरालाले लायन्स क्लब अफ पोखरा नर्सेसको सामाजिक गतिविधिबारे, मिडसन मेम्बर लायन उषाकिरण पौडेलले जुम्ल्याहासम्बन्धी बोलेका थिए।
लायन्स क्लब अफ पोखरा नर्सेसका अध्यक्ष लायन निशा श्रेष्ठको अध्यक्षता, स्वागत र धन्यवाद ज्ञापनसहित समापन गरेको कार्यक्रम संचालन लायन हेमा गुरुङले गरेकी थिइन्।
कार्यक्रममा लायन लिडरहरु बाल विशेषज्ञ डा. रामचन्द्र बास्तोला, दन्त विशेषज्ञ डा. हरि द्वाले जुम्ल्याहाहरुको निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







