आज, साउन महिनाको चौथो सोमबार, बोलबम मनाइँदैछ ।
साउनको सोमबार, देशका शिवमन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ ।
पोखराको केदारेश्वर मन्दिरसहित काठमाण्डौंको पशुपतिनाथ, चितवनको देवघाट क्षेत्र, पूर्वको हलेसीलगायतका शिव मन्दिरहरुमा बोलबम मेला लाग्ने गर्दछ ।
शिव मन्दिरहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनहको ठूलो मात्रामा भीड लाग्ने गर्दछ । पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर र अन्य शिव मन्दिरहरुमा भक्तजनहरुले शिवको पूजा आराधना र जल चढाउने गर्दछन् । पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिई भक्तजनहरु शिवलिङ्गमा जल चढाउन केदारेश्वर मन्दिर र विन्ध्यवासिनी मन्दिरमा बिहानैदेखि लाइनमा बसेका हुन्छन् ।
केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति, पोखराले विगत केही वर्षदेखि साउनको सोमबार बोलबम मेलाको आयोजना गर्दै आएको छ। पोखरामा आयोजना गरिने बोलबम शिवपथ जलयात्रामा पनि भक्तजनहरुको उल्लेख्य उपस्थिति हुने गर्दछ । ‘बोलबमको ध्वनिले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना गरिने बोलबम यात्रा गाईघाटबाट सुरू भएर विन्ध्यबासिनी, भैरवटोल, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, सिर्जनाचोक, रत्नचोक हुँदै बैदामस्थित केदारेश्वर मन्दिरमा पुगेर भक्तजनहरुले केदारेश्वर मन्दिरको शिव लिङ्गमा जल चढाएर शिव पूर्जा गर्ने चलन छ ।
गेरुबस्त्र धारण गरेका ¥यालीका सहभागीहरुले भगवान शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गर्ने गर्दछन् । गाईघाटमा १०८ धारामा स्नान गरी करीब ८ किलोमिटर पैदलयात्रा सहित वैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पणसँगै पूजा गर्ने गर्दछन् ।
साउनको महीनालाई भगवान शिवको महिमा मानिने हुँदा भक्तजनहरु उपासना गरी नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिङ्गमा चढाउने गर्दछन् । यसो गर्दा, मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







