भक्तपुरमा सापारु (गाईजात्रा)को समय नाचिने बिशेष नृत्य घिन्ता घिसी पोखरामा पनि प्रदर्शन गरिदैछ ।
विश्व आदिवासी दिवसको अवसरमा भोली (मंगलबार) पोखरामा रहेको नेवाःहरुको सहभागितामा घिन्ता घिसी नृत्य समाबेस गरिदैछ ।
पोखरामा रहेको नेवाःहरुको सांस्कृतिक उत्थानका लागि सकृय संस्था नेवाः देय दबू कास्की जिल्ला समिति तथा पोखरा महानगर समितिको आयोजनामा घिन्ता घिसीको नृत्य प्रदर्शन गर्न लागिएको हो।
नेपाल भाषा साहित्य तःमुज्या, येँ, यल व ख्वपको सहयोगमा नेवाः सांस्कृतिक आदान–प्रदान कार्यक्रम अन्तर्गत घिन्ता घिसी नृत्य पोखरामा प्रदर्शन गर्न लागिएको आयोजक देय दबूले बताएको छ ।
यस प्रकारको सांस्कृतिक आदान–प्रदान कार्यक्रमले भविष्यमा अझ बढि संस्कृतिप्रति जनचासो र टेवा पुग्ने बिश्वास लिइएको छ । नेवाः देय् दबू, कास्कीले आगामी दिनहरुमा पनि यस किसिमको नेवाः सांस्कृतिक आदान प्रदान कार्यक्रम पोखरामा गरिरहने जनाएको छ ।
गुजरातमा नाचिने गरबा नृत्यमा लट्ठीलाई तालको साथमा आपसमा जुधाउने गरिन्छ । गुजरातमा डांडी वा गरबा भनिने नृत्य वास्तवमा कृष्णका लागि गोपीनीहरुले नाचिने रासलीलाको नृत्य हो । भक्तपुरमा देखिने घिन्ता घिसी यसैबाट प्रभावित नृत्य भन्न सकिन्छ । यसमा नेपाली वा नेवारी कुनैपनि नाम रहन सकेको छैन । तसर्थ बाजाको तालका आधारमा यस नृत्यलाई घिन्ता घिसी ट्वाक भन्ने गरिन्छ । घिन्ता घिसीको ताल बजाइन्छ । र दुई लठ्ठीलाई जुधाएर ट्वाक्क आवाज निकालिन्छ । यसर्थ पनि यस नृत्यको नाम नै घिन्ता घिसी ट्वाक रहन गएको हो ।
आगामी मंगलवार बिहान ९ बजे बिन्ध्यवासिनी मन्दिर पार्कबाट सुरु भइ मोहरिया टोल, भैरवटोल, भीमसेन टोल हुदै नालामुख चोकबाट तेर्सापट्टी, महेन्द्रपुल हुदै चिप्लेढुंगा बिपी चोकमा बिश्राम हुनेछ । त्यसपछि पुनः बिहान ११ बजे विश्व आदिवासी जनजाति दिवसको ¥यालीका साथ बिपी चोकबाट सभागृह चोक पृथ्वी चोक हुदै रंगशाला अगाडि रहेको मगर समाज भवनमा समापन हुनेछ । घिन्ता घिसी नृत्य अवलोकन गर्न चाहनेहरुलाई यस रुटमा आएर उक्त नृत्यको अवलोकन गरेर हौसला प्रदान गरिदिन आयोजक देय दबूले कास्कीले आग्रह गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित…






