आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चित


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित




मंसिर १० काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चित भएको छ ।

आज प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरीषद बैठकले यस अघि मंसिर २७ गते हुने भनिएको निर्वाचनलाई तत्कालका लागि अर्को सूचना जारी नभएसम्म स्थगन गर्नेे निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को मिति नतोकिञ्जेलसम्मका लागि निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

यसअघि, कोरोना भाइरसको जोखिमका कारण गत जेठ १९ गते हुन पर्ने निर्वाचन असोज २४ हुँदै मंसिर २७ गतेलाई सारिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।