पोखरा २४ साउन
राष्ट्रपति विद्यादेवी भण्डारी साउन ३१ गते पोखरा आउने भएकी छन् । पोखराको वाटुलेचौरमा रहेको नेपालकै उत्कृष्ट सामुदायिक विद्यालय विन्ध्यवासिनी माघ्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमको समापन तथा नवनिर्मित ३२ कोठे भवनको उद्घघाटन गर्न आगामी ३१ गते मंगलबार पोखरा आउन लागेकी हुन् । राष्ट्रपति नै प्रमुख अतिथि रहने उक्त कार्यक्रमलाई व्यवस्थित बनाउन तथा सबै क्षेत्रसँगको समन्वय र प्रचार प्रसारलाई तिव्र पारिएको हीरक जयन्ती मुल आयोजक समितिले जनाएको छ ।
समापनका अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहयोगमा नव निर्मित ३२ कोठे पक्की भवनको उद्घघाटन गर्नुहुने, लगायतका अन्य कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए । त्यसअघि हीरक जयन्तीको अवसरमा विद्यालयले साउन २९ गते पुर्नमिलन कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा भुपु विद्यार्थी, पुर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पुर्व शिक्षक, कर्मचारी लगायतकाको उपस्थिति रहने बताईएको छ ।सो अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम र कार्यशाला घोषणापत्र सार्वजनिक गरिने समितिले जनाएको छ ।
वि सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल करिव १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने दस जोड दुई तर्फ विज्ञान र व्यवस्थापन संकायमा कक्षा सञ्चालन गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं.२३ चापाकोटले घरबास कार्यक्रमलाई स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने लक्ष्य…





