नेपाली डकुमन्ट्री ‘को–हजबेण्ड’लाई अमेरिकामा अवार्ड


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०७९ मा प्रकाशित




पोखरा । गणेश पाण्डे निर्देशित डकुमेन्ट्री सहायक श्रीमान् (को–हजबेन्ड) ले अमेरिकामा सम्पन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री फिल्मको अवार्ड जितेको छ ।

अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो ।

बहुपतिप्रथामा आधारित डकुमेन्ट्रीको कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको छ ।

३५ मिनेट लामो सो डकुमेन्ट्रीमा नेपालको हुम्ला लगायत केही हिमाली जिल्लामा विद्यमान घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलनको विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका छन् ।

यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको निर्देशक पाण्डेले बताए ।

आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यसपटक ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

यस अघि निर्देशक पाण्डेले निर्देशन गरेको बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्रीले अमेरिकाको मेरियट फिल्म महोत्सवमा अवार्ड जितेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।