कास्की प्रहरीले बुझायो तारालाई हराएको स्कूटर


     एभरेस्ट आवाज    
     श्रावण २५ गते २०७९ मा प्रकाशित




जिल्ला प्रहरी कार्यालय कास्कीले हराएको स्कूटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २ बागलुङ बसपार्क बस्ने बागलुङकी तारा गुरुङले आफ्नो ग ६ प ९४२ नम्बरको स्कूटर हराएको भन्दै कास्की प्रहरीमा शनिबार जानकारी गराएकी थिइन् । प्रहरीले खोजतलास गर्दा दुई दिनमै स्कूटर फेला पार्न सफल बन्यो ।

सोमबार पोखरा महानगरपालिका वडा नं. ४ स्थित स्काउट भवननजिकै स्कूटर फेला पारी मंगलबार तारालाई हस्तान्तरण गरिएको कास्की प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।