नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।
नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एक दिवसीय शृंखला खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । पहिलो टी–२० अगस्ट २५ तारिखमा हुनेछ ।
यस्तै, अन्तिम टी–२० अगस्ट ३० मा तारिखमा हुनेछ । पहिलो एक दिवसीय सेप्टेम्बर २, दोस्रो एक दिवसीय सेप्टम्बर ३ र अन्तिम एक दिवसीय सेप्टेम्बर ५ तारिखमा हुनेछ । खेल केन्यामा हुनेछ । क्यानले हिजो केन्यासँग खेल्न सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ ।
टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने विनोद भण्डारी र कुशल भुर्तेल टिममा अटाएनन् । यस्तै, अर्जुन साउद पहिलो पटक टिममा परेका छन् । नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







