सप्तरी । सप्तरीका मैथिली अभियानी र मिलाफ नेपालले मैथिलीभाषा, साहित्य, कला–संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आजबाट ‘देवघर साइकलयात्रा २०७९’आरम्भ गरेको छ । छिन्नमस्ता गाउँपालिका–१ वीरपुरस्थित भोलाबाबाको मन्दिर, राजविराजस्थित राजदेपीमन्दिर र शक्तिपीठ छिन्नमस्ताको दर्शन गरेपश्चात भारतको वैद्यनाथधामको लागि २७ साइकलयात्री देवघर प्रस्थान गरेका छन् ।
सप्तरीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको देवघर यात्राको लागि साइकलबाट १० दिनको समय तय गरिएको छ । नेपाली र भारतीय क्षेत्रको मैथिलीभाषीको सांस्कृतिक सद्भाव र भाषिक सम्मानका लागि यात्रा अभियान गरिएको मिलाफ नेपालले जनाएको छ ।
मिलाफ नेपालका सचिव विद्यानन्द बेदर्दीका अनुसार टोलीले ठाउँ–ठाउँमा जनजागरण, भाषिक सन्देशमूलक र अन्तक्र्रिया कार्यक्रम गर्ने छ । बिदाइ कार्यक्रममा उपस्थित मिलाफका संस्थापक अध्यक्ष एवम् साहित्यकार देवेन्द्र मिश्रले मैथिलीभाषाको विशेषता र विशिष्टता केन्द्रित विषयवस्तु राखेर सम्पूर्ण बोली–शैलीलाई एकताको सुत्रमा बाँध्ने प्रशंसनीय प्रयास भएको बताए ।
अभियान टोलीले ‘मैथिली फूलन इँफुलबारी छियै’ मैथली फूल होइन, फूलबारी हो शीर्षकको वृत्तचित्रसमेत निर्माण र सार्वजनिक गरेको सह–संयोजक गजेन्द्र गजुरले जानकारी दिए । मिलाफ नेपाल, राजविराजका अध्यक्ष रमिला साहको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा मिलाफका संस्थापक सदस्य तथा गायिका कञ्चना झाले महेशवाणी गाएर साइकल यात्रीलाई बिदा गरे ।
पहिलो पटक सामूहिक रूपमा ‘मिथिला देवघर साइकलयात्रा’ २०७६ को आयोजना गरिएको थियो । कोभिड–१९ का कारण विगत दुई वर्ष साइकल यात्राको अभियान रोकिएकोमा यो वर्ष पुनःमैथिली भाषाको जनजागरणका लागि साइकलयात्राको अभियानलाई निरन्तरता दिएको टोलीका संयोजक सुभाष वीरपुरियाले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







