पोखरा । सातौ राष्ट्रिय सामुदायिक दिवसको अवसरमा पोखराका तीन वटा वडालाई समेटेको मैदिपाखो सामुदायिक वनमा पहिरो गएको स्थानमा आज वृहत वृक्षारोपण कार्यक्रमको आयोजना गरियो ।
२०७६ साल भदौमा गएको पहिरोमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको समन्वय एवम मैदिपाखो सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा बाँस, तेजपात, अमला लगायतका चार समय भन्दा बढी विरुवा रोपिएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवमं प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोलाले तेजपातको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको संरक्षण गर्नु हामी सवैको दायित्व भएको बताए ।
सामुदायिक वनबाट प्राकृतिक श्रोत काठलाई मात्र आम्दानीको श्रोतका रुपमा हेर्न नहुने बताउँदै उनले काठको विकल्परुपमा सम्भाव्यता अध्ययनका आधारमा कृषि उत्पादनसंगै पर्यापर्यटनको विकास गरेर थप आयअर्जन गर्नेतर्पm लाग्नु पर्नेमा जोड दिए ।
सामुदायिक वनको संस्थागत सुदृढिकरण,पारदर्शिता र प्रभावकारी रुपमा संञ्चालन गर्ने र अगुमन,नियमन र सहजिकरण स्थानीय सरकारले गर्ने कानूनी व्यवस्थालाई कार्यान्वयन गर्ने हो भने वन विकासमा थप जोड पुग्ने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका २८ का वडा सदस्य विरेन्द्र भण्डारीले सामुदायिक वनको विकास र थप उपयोगका लागि वडास्तरवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सिन्दुपाल्चोकको ठोकर्पा सामुदायिक वनबाट २०३० साल साउन २५ शुरु भएको दिनलाई लोकतान्त्रिक सरकारले सामुदायिक वन दिवसका रुपमा मनाउन शुरु गरेको जानकारी दिए ।
समुहका अध्यक्ष भोलानाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन महासंघ गण्डकी प्रदेश सचिवालय सदस्य दिनेश श्रेष्ठ, मैदापोखो सामुदायिक वन उपभोक्ता समुहका उपाध्यष भरतराज न्यौपाने लगायतले वनको विकास र उपभोक्ताले पु¥याएको योगदानकाबारेमा प्रकाश पारेका थिए ।
पोखरा २८,२९ र ३० पर्ने ५२ हेक्टर क्षेत्रफल पैmलिएको सो सामुदायिक वन समुहमा १२ सय उपभोक्ता आवद्ध रहेको समुहका सचिव आशमाया गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







