पोखरामा हाइटेक शैक्षिक सामग्री हस्तान्तरण


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित




अपांगता भएका बालबालिकाहरुको सिकाईमा सहजता प्रदान गर्ने उद्देश्यले स्वावलम्वन जीवन पद्धती केन्द्र पोखराले हाइटेक शैक्षिक समाग्र्री वितरण गरेको छ ।

वल्र्ड एजुकेशनको सहयोगमा केन्द्रले लन परियोजनाअन्र्तगत पर्वतको महाशिला गाँउपालिका र कुश्मा नगरपालिकालाई बुधबार पोखरामा सामग्री हस्तान्तरण गरेको हो ।

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महाशिला गाँउपालिका शिक्षा शाखा प्रमुख दिनेश शर्मा र कुश्मा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु तिवारीलाई सामग्री हस्तान्तरण गरेकी हुन् । स्मार्ट टिभी, ट्यावलगायतका सामग्री हस्तान्तरण गरेको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले समावेशी सिकाईका लागि चुनौती भएपनि यसको सुरुवात गरेर सबैको सहयोग भए सफल हुने बताइन्।

‘समावेशी सिकाईका केही व्यवहारिक समस्या भएपनि अभिभावक, शिक्षकसँगै, स्थानीय सरकार र सरोकारवाला सबै लागे पक्कै सफल हुन्छ ।’

उनले सबै मिले सम्भव हुने बताउदै अपांग र अन्य बालबालिकाको सिकाईमा सामग्रीले भुमिका खल्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा स्वावलम्बन जीवन पद्धती केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले समावेशी शिक्षा अहिलेको अवश्यकता रहेको बताउँदै बालबालिकाको शिक्षाको गुणस्तर बृद्धिमा सहयोग पुग्ने बताए । उक्त कार्यक्रम अन्र्तगत पर्वत, बागलुङ र स्याङजामा गरी ५७ स्मार्ट टिभी, २७ वटा ट्याब १३ वटा माइक स्पिकर प्रदान गरिने लन कार्यक्रम संयोजक प्रदिप रानाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।