विराटनगर । मोरङको सुनवर्षी नगरपालिका– ९ स्थित बिपी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार भएपछि पठनपाठनमा पनि सुधार भएको पाइएको छ । बिपी कोइरालाको नामबाट २०५३ सालमा स्थापना भएको सो विद्यालयको भवन जीर्ण बनेको थियो ।प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पटक÷पटक अनुगमन एवं निरीक्षण गर्नाका साथै विद्यालयको भौतिक सुधारमा सक्रिय रुपमा लागेका थिए ।
राससले पनि उक्त विद्यालयको विषयमा पटक÷पटक समाचार लेखेपछि केही निकायको ध्यान केन्द्रित भएर सो विद्यालयको भौतिक सुधार भएको स्थानीयवासीले बताए । नर्सरीदेखि कक्षा पाँचसम्म पठनपाठन हुने सो विद्यालयमा अहिले १५९ विद्यार्थी र पाँच शिक्षक कार्यरत रहेको प्राधानाध्यापक सञ्जीवकुमार राजवंशीले जानकारी दिए ।
राजनीतिक नेताको नाममा स्थापना भएको यो विद्यालयमा नेपाली कांग्रेसकी महिला नेत्री नोना कोइराला हुञ्जेलसम्म विद्यालयको अवस्था राम्रै थियो ।
केही दरबन्दी र राहत कोटाबाट सञ्चालनमा आएको सो विद्यालयको भौतिक सुधारमा सुनवर्षी नगरपालिकाले रु चार लाख र जिल्ला समन्वय समितिले रु सात लाख ५० हजार सहयोग गरेका कारण सुधार आएको शिक्षक उमानन्द ठाकुरले जानकारी र्दिए ।
प्रमुख जिल्ला अधिकारी दाहालले रङ्गेली विराटनगर हुलाकी राजमार्गसँग जोडिएको यो विद्यालयमा एक दिन अनुगमन गर्ने क्रममा प्रवेश गरेको र विद्यालयको अवस्था हेर्दा मन खिन्न भएकाले सोही दिनदेखि भौतिक सुधारमा ध्यान दिएर लागेको बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






