हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका–४ लमकानामा लोपोन्मुख अवस्थामा पुगेको बहुमूल्य वनस्पति सतिसालसहित तीन सय ६५ वटा बिरुवा रोपिएको छ । बागमती पालिका अध्यक्ष सर्केश घलानका अनुसार महँगो र लोप हुन लागेको सतिसाललाई लोप हुन नदिने उद्देश्यले सतिसालसहित अन्य फलफूलको रुख पनि रोपिएको छ ।
उनका अनुसार यहाँ विजयसाल, एभोकाडो, निम, अमला, पिटौजिया प्रजातिका बिरुवा रोपिएको छ । अध्यक्ष घलानले सतिसाल दुई सय, विजयसाल ७० वटा, एभोकाडो १४, निम २५, अमला ५० र पिटौजिया प्रजातिको छवटा बिरुवा रोपण गरिएको बताए ।
मूल्यवान काठका रुपमा प्रयोग हुने सतिसाल जोगाइने उनले बताए । जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतमले सतिसाल लोप हुने अवस्थामा पुगेकाले बचाउने अभियानमा लाग्नुपर्ने बताए ।
सतिसालको काठ मूल्यवान हुने र सजिलै महँगोमा बिक्री हुने गरेका कारण पनि यसबाट अर्थतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ । सतिसालबाट बन्ने दराज, कुर्सी, टेबलजस्ता फर्निचरलाई तराई तथा भारतीय बजारमा पनि बिक्री हुने गरेकाले विगत वर्षहरूमा यो सालको विनाश भएको अध्ययनले देखाएको उनले बताए ।
सतिसाल फुल्छ र कोसामा बीउ लाग्छ । काठ भने चक्र र धर्साबुट्टा एवं कालो र रातो रङको हुने गर्दछ । यसबाट बनेका फर्निचर विश्वबजारमा नै मूल्यवान रहेको र यसलाई जोगाउने र बिक्री वितरण गर्ने मापदण्ड बनाउनुपर्ने बताइन्छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







