विन्ध्यवासिनी माविको हीरक जयन्ती लक्षित र्याली आयोजना


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित




पोखरा २६ साउन
पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमलाई केन्द्रीत गरि विहीवार पोखरामा र्याली गरिएको छ ।
विभिन्न ५ वटा समुहमा विभाजित र्याली के आई सिंह पुलवाट शुरू भई दीप, अमरदिप, चण्डीका, मध्यम पथ, लामाचौर, अमला विसौनी, चमेरे गुफा, महेन्द्र गुफा, संगम चोक हुुदै मैदान चोकमा पुगेर सम्पन्न भएको थियोे । र्यालीमा सहभागी शिक्षक कर्मचारी तथा विद्यार्थीले साउन २९ गतेको पुर्न मिलन र ३१ गतेको मुल समारोहमा सहभागी हुन निम्तो दिएका थिए ।
कार्यक्रममा सहभागीलाई शिक्षक कर्मचारी विद्यार्थी समन्वय उपसमितिका संयोजक खिमलाल अधिकारी समुहगत संयोजकहरू ईश्वर खड्का , लालकुमारी थापा, महेन्द्र प्रसाद पौडेल, माधव अधिकारी , मान व के सी र शिशिर पौडेलले गौरवपुर्ण हीरक जयन्ती सफल वनाउन हामी सवैको जिम्मेवारी रहेको भन्दै सहभागीलाई धन्यवाद दिएका थिए ।
हीरक जयन्ती मुल समारोह समितिले साउन २९ गते भुपु विद्यार्थी , कर्मचारी ,शिक्षक, पुर्व विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ विच पुर्न मिलन र ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा नवनिर्मित ३२ कोठे पक्की भवनको उद्घाटन तथा हीरक जयन्ती मुल समारोहको समापन गर्ने कार्यक्रम रहेको समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र प्रचार प्रसार , पत्राचार , मंच व्यवस्थापन लगायतका कार्यलाई विभिन्न उपसमिति मार्फत तिव्र पारिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
२००४ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । शिक्षा मन्त्रालयले गरेको विभिन्न मापनका आधारमा देशभरका सामुदायिक विद्यालय मघ्य उक्त विद्यालय उत्कृष्ट ५ मा पर्न र गण्डकी प्रदेशमा सर्वोत्कृष्ट वन्न सफल भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।