तनहुँ । ब्राह्मण समाज नेपाल तनहुँद्वारा दमौलीमा आयोजित सामूहिक रक्षाबन्धन कार्यक्रममा तीन सय १५ जनाले रक्षाबन्धन गरेका छन् । कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले सामूहिक रक्षाबन्धन कार्यले समाजका रहेको जातिय विभेद न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो समाजले गत वर्षदेखि सामूहिक रक्षाबन्धन कार्य गर्दै आएको छ । समाजका जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले सार्वजनिकस्थलमा आयोजना गरिएको सामूहिक रक्षाबन्धन कार्यक्रमले सबैलाई सहज भएको बताए ।
समाजका केन्द्रीय सदस्य उपेन्द्र लम्सालले यस वर्ष कार्यक्रम आयोजना गर्न सबै क्षेत्रबाट सहयोग मिलेको बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका…







