एक लाख २८ हजार भन्दा बढी कोरियालीमा कोरोना सङ्क्रमण


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित





दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार दुई सय ४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिएको छ ।

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर चार सय ५३ पुगेको छ । सोही अवधिमा थप ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार चार सय ९९ पुगेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।