प्रहरी जीप दुर्घटनाः घाइते प्रहरीलाई हेलिकप्टरमार्फत कोहलपुर पठाइयो


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७९ मा प्रकाशित




फाइल तस्विर

रुकुम – रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप दुर्घटना हुँदा रुकुम पूर्वका प्रमुख नायब उपरीक्षक डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक डीएसपी रविन श्रेष्ठसहित ६ जना घाइते भएका हुन् ।

घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर थप उपचारको लागि बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिए । प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट खस्दा प्रहरीका डीएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।