वीरेन्द्रनगर । कर्णाली सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिएका छन । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले आज उनलाई शपथ गराए ।
शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र ख बाट निर्वाचित सांसद छन । शाहीलाई गत बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री नियुक्त गरेका थिए । यसअघि विसं २०७८ माघ २३ गते उद्योगमन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा कार्चेनको पदावधि सकिएपछि लामाको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो ।
उनलाई शुक्रबार नै शपथ गराउने कार्यक्रम भए पनि उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि शपथको तालिका रोकिएको थियो । गत माघमा बनेको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरीत भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । बिग डिजिटल पोखराले आयोजना गरेको लक्की ड्रका भाग्यमानी विजेता सुरज…






