एकेडेमिया कन्सल्टिङको ट्रेडिङ फ्लोर सुरु


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित




मंसिर १२ पोखरा । सेयर मार्केट सम्बन्धी काम गर्दै आइरहेको एकेडेमिया कन्सल्टिङ प्रा. लिले एकेडेमिया ट्रेडिङ फ्लोरको सुरुवात गरेको छ ।

पोखराको चिप्लेढुंगामा कार्यालय रहेको एकेडेमिया कन्सल्टिङले सेवाग्राहीलाई सम्पूर्ण सेयर सम्बन्धी जानकारी दिने उद्देश्यले एकेडेमिया ट्रेडिङ फ्लोरको सुरुवात गरेको हो ।

सेयर बजारमा नयाँ कीर्तिमान कायम गरेको दिन पारि सेयर मार्केटको क्षेत्रमा लामो समयदेखी संलग्न ६ जनको समुहबाट सञ्चालित सो संस्थाले अध्ययन अनुभवका आधारमा सेवा प्रवाह गर्ने संस्थाका फ्लोर म्यानेजर मनोज पौडेलले जानकरी दिए । उनले भने, ‘नेपालमा नै पहिलो पटक एकेडेमिया ट्रेडिङ फ्लोरको सुरुवात हामीले गरेका छौं । हामी विषेश गरि सेयर मार्केटमा सेवाग्राहीले लगानी गर्नु पूर्व ‘फन्डामेन्टल एनालाइसिस्’, ‘टेक्निकल एनालाइसिस्’ ‘ट्रेण्ड एनालाइसिस्’ लगायतका क्षेत्रमा राम्रो अध्ययन भएका विज्ञहरुसंगै जानकारी लिने वातावरण बनाएका छौं ।’

सो समुहमा मनोज पौडेल, सुदिप घिमिरे, सन्देश गोदार, रोश्मिता बराल, दिपक भुर्तेल र गणेश धामी छन् ।

आज भएको शुभारम्भ कार्यक्रममा रबिन्द्र बाटाजु, ऋषि गुरुङ, मेघनाथ कुँवर र संस्थाका सदस्य सन्देश गोदार लगायतले संस्थाले सुरु गरेको सेवाको बारेमा बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।