पोखरा । बागलुङ–पोखरा मगर समाजको आठौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि गजेन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न अधिवेशनबाट समाजको उपाध्यक्षमा सु.मे. चन्द्रबहादुर थापामगर, सचिवमा रूद्रबहादुर श्रीसमगर, सह–सचिवमा गौरीदेवी थापामगर, कोषाध्यक्षमा कृष्णा पुनमगर र सह–कोषाध्यक्षमा नरमाया पुनमगर सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी, सदस्यहरूमा चन्द्रकली थापामगर, सु.मे. रामबहादुर थापामगर, सु.मे. सूर्यबहादुर रानामगर, पदमबहादुर श्रीसमगर (थमन), सुनिता रानामगर, राकेश थापामगर, होमबहादुर थापामगर, गिरबहादुर रानामगर, दलबहादुर थापामगर, हिरा पुनमगर र कृष्णा रानामगर रहेका छन् । निर्वाचन प्रक्रिया सम्पन्न गर्नका लागि निर्वाचन मण्डल संयोजकमा क्या. मीनबहादुर पुनमगर र सदस्यद्वयमा रामबहादुर पुनमगर र माया थापामगर रहेका थिए ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मगर जातिलगायतका आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र विकासका लागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरेको बताए । पारस्परिक सहयोग आदानप्रदानका लागि समाजको स्थापनाले धेरै सहज बनाउने उल्लेख गर्दै मन्त्री श्रेष्ठले व्यक्तित्व र नेतृत्व विकासमा समेत समाजले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
यसैबीच, साधारणसभाले सचिव रूद्रबहादुर श्रीसमगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णा पुनमगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । समाजका संस्थापक अध्यक्ष दलबहादुर थापामगरको अध्यक्षतामा बन्दसत्र सञ्चालन भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







