काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक’ २०७८ बहुमतले पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त विद्येयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडूले जवाफ दिएका थिए । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस्तुत गरेका संशोधन प्रस्ताव भने सदनमा बहुमतले अस्वीकृत गरेको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाउने भएको छ । यसअघिका प्रमुख…





