पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, खुल्ला तीज गीत प्रतियोगिता–२०७९” टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना गरेको टेलिभिजनले जनाएको हो ।
टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राखिन् । जस अनुसार आउँदो भाद्र १० गते शुक्रवार मौलिक खुल्ला तीजगीत प्रतियोगिता आयोजना गर्न लागेको पनि उनको भनाई थियो ।
करिव ५० समुहको सहमागिता रहने अनुमान गरिएको सो प्रतियोगीतामा विपत् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुब्र्यसनी जस्ता सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघमा हुने कार्यक्रमा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुषा ५ हजार, उत्कृष्ट शव्दलाई ५ हजार रुपैया पुरस्कार प्रदान गरिने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित…






