पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सरकारी नुन पानी खानेहरुले सरकारी विद्यालयमा आफ्ना छोरा छोरी पढाएमा शिक्षामा सुधार हुने बताएका छन् । पोखरा १६ लामाचौर स्थित इन्द्रराज्यलक्ष्मी माविको ६९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस एवं बृहत शैक्षिक प्रर्दशनीको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।
सरकारी विद्यालयहरुको शिक्षामा विस्तारै सुधार हुदै आएको बताउदै मन्त्री बरालले सरकारी शिक्षामा थप गुणस्तर कायम गर्न सरकारी नुन पानी खानेहरुले कम्तिमा सरकारी विद्यालयमा आफ्ना छोरा, छोरी तथा नाति नातिनाहरु पढाउने सिस्टम गर्न सके राम्रो हुने बताए । उनले निजी विद्यालयहरुको विरोध गर्नु भन्दा सरकारी विद्यालयमा सुधार गर्न तर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । सिपयुक्त शिक्षा आजको आवश्यकता भएको बताउदै मन्त्री बरालले श्रोतसाधनलाई ठिक ढंगले प्रयोग गरी उद्यमशिल तथा स्वरोजगार हुने बताए । साथै उनले रैथाने जातिका छोराछोरीलाई समेत आफ्नो नजिकको बिद्यालयमा पढाउनु पर्नेमा जोड दिए ।
नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले भुगोल सुहाउदो प्राविधिक, नैतिक, सिप, उद्यमशिलता हुने शिक्षा आवश्यक भएको बताए ।
पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले ५ बर्षको अन्तरालमा मन्त्री बरालको पहलमा पहिलो पटक प्रदेशबाट उत्तः बिद्यालयमा बजेट विनियोजन भएकोमा खुसि व्यक्त गर्दै थप सहयोग गर्न आफुहरु समेत तयार भएको बताए ।
पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे, नव आर्दश सामुदायिक विकास समाजका अध्यक्ष रेश्मा शेरचन अधिकारी, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष दील बहादुर थापा, शिक्षक सिता पौडेल, बिद्यार्थी सृष्टिका खड्का लगायतले शिक्षाको बारेमा वोलेका थिए ।
२०१० सालमा स्थापना भएको बिद्यालयमा हाल ९ सय ३१ जना बिद्यार्थी, ४८ जना कर्मचारी रहेको बिद्यालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






