अखिल नेपाल फुटबल संघ (एन्फा) को साफ महिला च्याम्पियनसीप मुल आयोजक समितिले थप आठवटा समितिहरु गठन गरेको छ ।
एन्फाले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म दशरथ रंगशालामा च्याम्पियनसीप आयोजना गर्दैछ ।
एन्फाको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा रहेको मुल आयोजक समितिकोे बैठकले उक्त आठवटा समितिहरु गठन गरेको एन्फाले जनाएको छ । बैठकले ती समितिका संयोजक समेत तोकेको छ ।
स्वागत तथा आतिथ्य समितिको संयोजकमा मनिष जोशी, स्वास्थ्य समितिमा रमेश व्यन्जनकार, आवास तथा यातायात समितिमा पुरुषोत्तम थापा, टेक्निकल समितिमा कृष्ण थापा, रेफ्री संयोजक समितिमा बुद्धि गुरुङ, मुल समारोह समितिमा विकाश नारायण श्रेष्ठ, प्रचारप्रसार समितिमा सुरेश शाह तथा नेपाली राष्ट्रिय टिम व्यवस्थापन समितिमा सरिला श्रेष्ठ छन् ।
एन्फाले यसअघि नै रविन्द्र चन्दलाई खेलस्थल व्यवस्थापक, विजय घलेलाई स्थानीय व्यवस्थापक, दिनेश व्यन्जनकारलाई सुरक्षा प्रमुख तथा सन्जिब सिल्पकारलाई मार्केटिङ, प्रशारण तथा डिजिटल अधिकार समितिको संयोजक तोकिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







