१५ भदौबाट नमुना मतपत्र छपाई

- समानुपातिकतर्फको भने २० गतेबाट


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित




जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइ गर्ने भएको छ ।
मंगलबार दल दर्ता सकिएलगत्तै केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य सुरू गरेको हो ।

सुरूमा नमुना मतपत्र छाप्ने र त्यसपछि निर्वाचन आयोगको निर्देशनअनुसार समानुपातिकतर्फको मतपत्र छपाइ सुरू हुनेछ ।आयोगले मतपत्र छपाइ गर्न कागजको टेन्डर पूरा गरिसकेको छ भने केन्द्रले मसी, प्याकिङ गर्न कार्टुन, डोरीलगायतका सामग्री तयारी गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।