गण्डकी प्रदेशमा आज भारी वर्षाको संभावना


     एभरेस्ट आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशमा आज (शुक्रबार) भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज गण्डकी प्रदेश लगायत देशका चार प्रदेशमा भारी वर्षाको संभावना छ।

गण्डकीलगायत बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हिँजो (बिहीबार) बेलुकीदेखि लगातार हालसम्म मेघ गर्जन–चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

गत १२ घण्टामा प्रदेशको कास्कीस्थित लुम्ले, जुम्लेटी, म्याग्दीको दरबाङ र घोरेपानी, गोरखाको बारपाक, लमजुङको कुन्छा र राइनास टार तथा मनाङमा बढी वर्षा भएको छ।

गत १२ घण्टामा कास्कीको लुम्ले र जुम्लेटी क्षेत्रमा सबै भन्दा बढी वर्षा भएको मापन गरिएको छ। लुम्लेमा सबैभन्दा ४८ दशमलव ६ मिलि लिटर वर्षा भएको मापन गरिएको छ।

राती प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।