भदौमा हुरहुरे बतास


     एभरेस्ट आवाज    
     भाद्र ३ गते २०७९ मा प्रकाशित





महोत्तरी । भदौको प्रारम्भ नै चैत÷वैशाखको जस्तो हुरहुरे बतास चल्न थालेपछि मैथिल बुढापाका पिरोलिन थालेका छन् । गत आइतबारदेखि जिल्लासहितका मधेस प्रदेशमा हुरहुरे बतास चल्दै आएको छ । लगातार साँझ बिहान यस्तो बतास चल्ने र दिउँसभरि प्रचण्ड घाम लागेपछि केही दिनभित्रै जमिन रुखिएर तात्नेक्रम बढेको छ ।

साउन नियाल्दो र भदौको प्रारम्भमै मौसममा देखिएको यो लक्षणले बुढापाका चिन्तित भएका हुन् । रामनन्दनको जस्तै बर्दिबास–९ पशुपतिनगरका ८४ वर्षीय नथुनी महतोको पनि धारणा छ । यसपाली असारयता बर्खा लागे जसरी पानी नै नपरेको यस भेगका सर्वसाधारणको भनाइ छ ।

पछिल्लो पटक साउन नियाल्दो गत शनिबार राति परेको पानीको चिस्यान यसयताको लगातारको तातो बतासले खङ्रङग सुकाएको यहाँका किसान बताउँछन् । भदौमा हुरहुरे बतास चल्नु सामान्यतया खडेरी हुनसक्ने लक्षण भएको कृषि विज्ञ भङ्गाहा–५ का बासिन्दा पूर्वसहसचिव रामबहादुर भुजेल स्वीकार गरे ।

मौसमले देखाएको लक्षणअनुसार किसान ढलेर त्यसअनुसारका बाली लगाउन पर्ने उनको सल्लाह छ । यस्ता बालीमा कोदो, मकै र तरकारीबाली मुख्य रहेका विज्ञको भनाइ छ । यद्यपि दुई÷चार दिनको मौसमको लक्षण बदलेर पानी पर्नसक्ने सम्भावना अझै रहने विज्ञ बताउँछन् ।

पछिल्ला केही दिनयताको लगातारको हुरहुरे बतास रोग फैलाउने कारण पनि हुनसक्ने बुढापाकाको भनाइमा चिकित्सक सहमत छन् । अहिले देखिएको मौसम स्वास्थ्यका दृष्टिले सावधानी अपनाउनुपर्ने नै रहेको बर्दिबास अस्पतालका चिकित्सक डा किशोर अधिकारी बताउछन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।