पोखरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवाले शनिबार सामाजिक सञ्जालमार्फत गिरीको निधन भएको खवरले निकै स्तब्ध भएको बताउँदै नेपालले एक सच्चा र असल नेता गुमाएको उल्लेख
गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ ।’
देउवाले गरीको आत्माको चिर शान्तिको कामना गर्दै परिवारमा समवेदन व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका गिरीको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार निधन भएको हो । गिरी विगत केही वर्षदेखि घाँटीको क्यान्सरबाट पिडित थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि पोखरा महानगरपालिकाले…





