होटेल कोठामा आफ्नी पत्नीको मुखमा तकियाले थिचेर हत्या गर्ने एकजना २८ वर्षीया पुरुषलाई अदालतले कम्तिमा साढे बाह्र वर्ष लामो कारवास संजाय सुनाएको छ।
५१ वर्षिय सूंग हेर्ट फोंगले गत ६ डिसेम्वरमा वेलायतको न्युक्यासलको काउन्टि अपार्ट होटेलमा आफ्नी पत्नी पेक यिंग लिंगको हत्या गरेका थिए ।
न्युक्यासल क्राउन कोर्टले विदामा वेलायत घुम्न आउने क्रममा सिंगापुर निवासी फोंगले यो अपराध गरेको जनाएको छ ।
मुद्धाको सुनुवाईको क्रममा हत्या स्विकारेकाले उनलाई आजिवन कारावासको न्युनतम संजाय सुनाइएको हो । युरोप भ्रमण गर्ने क्रममा यो सिंगपुरको दम्पति न्युक्यासलमा अध्ययनरत आफ्ना एकजना छोरोलाई भेट्न यस शहरमा आइपुगेका थिए ।
फोंगले पेरिस तर्फ उड्नु केहि घन्टा अघि मात्र पत्नीको हत्या गरेको बताएका छन् ।
भ्रमणको क्रममा धेरै चोटि लड्ेका कारण फोंगले अस्पतालमै उपचार गराउनु परेको थियो । पत्नीले वारम्वार राम्ररी नहिंडेको भन्दै टिप्पणी गर्ने गरेकाले उनलाई रिस उठेको थियो । सरकारी वकिलहरुले संधै गनगन गरिरहने पत्नीलाई शान्त पार्न उनले हत्या नै गरेको बताएका छन् । विगतमा भने उनी मायालु पति भएको र उनले पत्नीलाई कहिल्यै कुनै दुख दिने नगरेको बुझिएको छ ।
तिनीहरुका तीन छोरा मध्ये एक एलोसिसले आफुहरुले अब आमाबुबा दुबै गुमाएको बताएका छन् ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







