इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदै


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित




इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका पौने ७ बजे चेल्सी र लिड्स युनाइटेड तथा वेस्ट ह्याम र ब्राइटन खेल्दैछन् ।

२ खेलमा ४ अङ्क जोडेको चेल्सी आठौँ र लिड्स युनाइटेड सातौँ स्थानमा छन् । अर्को खेलमा राति सवा ९ बजे न्युकासल युनाइटेड र म्यानचेस्टर सिटीबीच खेल हुनेछ ।

अङ्कतालिकामा सिटी तेस्रो स्थानमा छ । उसले २ खेलमा ६ अङ्क जोडेको छ । २ खेलमा ४ अङ्क जोडेको न्युकासल छैटौँ स्थानमा छ ।

आर्सनलले ३ खेलमा ९ अङ्क जोडेको छ । बर्नमाउथ ३ अङ्कका साथ १४औँ स्थानमा छ । ३ खेलमा ७ अङ्क जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।