लायन्स क्लब अफ पोखरा न्युरोड चौतारीले अनाथलयका बालवालिकाका लागि खाद्यान्न र लत्ताकपडाहरु वितरण गरेको छ ।
आइतबार क्लवले ११ औं स्थापना दिवसको अबसरमा पोखरा –१५ टुटुंगास्थित रहेको सृजनशील बालबिकासमा खाद्यान्न र लत्ताकपडा प्रदान गरेको हो ।
बालगृहमा रहेका डेढ दर्जन बालबालिकाका लागि आवश्यक पर्ने खाद्यान्न, शैक्षिक सामग्री, बेडकभरलगायत ३० हजार रुपैयाँका सामग्री हस्तान्तरण गरेको क्लका सचिब माधब बास्ताकोटीले बताएका छन् ।
उनले क्लब ले बार्षिक कार्यतालिका बनाएर विभिन्न सामाजिक कार्य गर्नुका साथै स्थापना दिवसका अबसरमा प्रत्येक बर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि एवं लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ जे का कम्युनिकेशन चिफ प्रजापति बास्तोलाले क्लबले आफ्नो स्थापना दिवसका अबसरमा अनाथलयका बालबालिकाका लागि आवश्यक पर्ने खाद्यान्न र शैकि सामग्री प्रदान गरेर मानबीय कार्य गरेको बताए ।
बालगृहका प्रमुख शंकर पन्तले सहयोगी दाताहरुको सहयोगका भरमै बालगृहमा रहेका बालबालिकाको शिक्षादीक्षा र लालनपालन गर्दै आएको उल्लेख गरे ।
संस्थापक अध्यक्ष बलाराम बरालले सन २०१२ मा स्थापना गरिएको यस क्लबले समाजसेवाका बिभिन्न क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गरे ।
क्लबका अध्यक्ष कृष्णबहादुर लम्सालले आफ्नो कार्यकालको दोस्रो कार्यक्रम समाज सेवाका विभिन्न क्षेत्रमा कार्य गर्ने योजना रहेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







