मंसिर १२ पोखरा । गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या ६ हजार ९ सय नजिक पुगेको छ ।
शुक्रबार प्रदेशमा थप ११९ जना कारोनामुक्त भएसंगै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या ६ हजार ८५९ पुगेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ६१५ नमुना परीक्षण गर्दा ८९ पुरुष र ४४ जना महिलामा संक्रमण पाइएको हो ।
आज थपिने मध्य सबैभन्दा बढी कास्कीका ६९ जना छन् । यस्तै स्याङ्जाका १९, बाग्लुङका १०, गोरखा र नवलपुर वर्दघाट सुस्ता पूर्वका ९–९ जना, पर्वतका ८, तनहुँका ६, लमजुङका २ र म्याग्दीका एक जनामा पनि संक्रमण देखिएको छ ।
यो सहित प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या ११ हजार ६८६ पुगेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो सहित प्रदेशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४८ पुगेको छ ।
अब प्रदेशमा ४ हजार ६७९ जना सक्रिय संक्रमित छन् । ती मध्य ३ हजार ९६१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
होम आइसोलेसनमा रहनेमध्य सबैभन्दा बढि कास्कीमा ३ हजार २९९ जना, नवलपुरका २६०, तनहुँका २२५, गोरखाका ११३, पर्वतका ५४ र बाग्लुङका १० जना छन् ।
यस्तै नवलपुरमा ५६, कास्कीमा १५, स्याङ्जामा ९ , तनहुँमा ६, मुस्ताङमा ५ र लमजुङमा एक जना क्वारेन्टिनमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







