अफगानिस्तानको पक्तिया प्रान्तमा बाढी चौधको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित




प्रतीकात्मक तस्बिर ।


काबुल । अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा आइतबार अबेर राति आएको भीषण वर्षापछिको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर समाचार समितिले सोमबार जनाएको छ ।

आइतबार राति प्रान्तीय राजधानी गार्डेज र पक्तिया प्रान्तका केही जिल्लाहरूमा भारी बाढीका कारण १४ जनाको ज्यान जानुको साथै १२ जना घाइते भएका राज्य सञ्चालित समाचार समितिले जानकारी दिएको छ ।

मनसुनी बाढीले कम्तिमा २० एकड जमिन बगाएको र तीन सय ५८ आवासीय घर पूर्णरुपमा र छ सय ७६ अन्य आंशिक रुपमा ध्वस्त भएका बख्तरले जानकारी दिएको छ । बाढीले यस प्रान्तमा एक हजार चार सय ३० भन्दा बढी गाईवस्तुको ज्यान गएको र सयौं किलोमिटर सडक, असङ्ख्य सुरक्षाका पर्खालहरु, पुल र बाँधमा क्षति पुगेको बख्तर जनाएको छ ।

शनिबार पक्तियाको छिमेकी लोगार प्रान्तको खुशी जिल्लामा अचानक आएको बाढी र आँधीले १५ जनाको ज्यान गएको र नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अहमदउल्लाह अनासले पुष्टि गरेका छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।