डायमण्ड मा.वि.मा कक्षा ११ का विद्यार्थीलाई स्वागत


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड मा.वि.मा कक्षा ११ मा शैक्षिक सत्र २०७९ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

विद्यालयका प्रिन्सिपल यम वहादुर रोकाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै उज्ज्वल भविष्यको कामना साथै हालका विद्यालयका गतिविधि र भावी योजनासमेत प्रस्तुत गर्नु भएको थिए । उनले नवआगन्तुक विद्यार्थीहरुलाई मन्दिर भित्रको ढुङ्गा र बाटोको ढुङ्गाको उदारण दिदै सबैले पुज्ने बन्नु पर्नेमा दिए ।

विद्यालयका व्यवस्थापक प्रमुख हरिप्रसाल लामिछानेले विद्यार्थीहरुका लागि विद्यालय गतिविधिलाई चुस्त राख्न गरिएको व्यवस्थाको बारेमा जानकारी दिनुका साथै असल नागरिक बन्न विद्यार्थीहरु लगनशील हुनुपर्ने बताए ।

विद्यालयका शैक्षिक प्रमुख संजिव थापाले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न विषयको पाठयक्रम र पढाई पद्दत्ति, +२ को दुई वर्षे पढाई किन महत्वपूर्ण छ भन्ने बारेमा जानकारी प्रस्तुत गरेका थिए ।

विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद सहित हरेक व्यक्ति आफैमा क्षमतावान हुने र आफ्नो क्षमताको सहि सदुपयोग गदै शैक्षिक उन्नति तर्फ सबै विद्यार्थीहरुलाई जागरुप हुन् अनुरोध गरे । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नारायण प्रसाद पराजुलीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।