मन्दिरको दानपेटिका चोरीको आरोपमा हेम्जाका दोर्जे पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०७९ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराको विन्ध्यावासिनी मन्दिरबाट नगदसहितको दानपेटिका चोरी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पोखरा– २ स्थित विन्ध्यावासिनी मन्दिरमा राखिएको नगदसहितको दान पेटिका चोरी गरेको आरोपमा प्रहरीले पोखरा २५ भोटेक्याम्प बस्नै जिम्मी दोर्जे ३० लाई पक्राउ गरेको हो ।

गत भदौ ३ गते मन्दिर परिसरबाट नगदसहितको दानपेटिक चोरी गरेका हिँडेका दोर्जेलाई दानपेटीका सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

पक्राउ परेका उनलाई चोरी मुद्दामा ५ दिन म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।