दिल्लीका ग्याङ नाइके ‘रविन हुड’ पक्राउ


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




दिल्लीका ‘रोबिन हुड’ भनेर चिनिने एकजना ग्याङ नाइके पक्राउ परेका छन् ।

२५ जनाको ग्याङको नेतृत्व गर्दै आएका वसिम अक्रम पक्राउ परेका हुन् ।

अक्रम र उनको समूहले धनीका घरबाट नगद तथा बहुमूल्य गरगहना लुट्ने र त्यसमध्येबाट केही रकम गरिब समुदायलाई बाँड्दै आएको प्रहरीले जनाएको छ ।

तर, डिस्नी कथा विपरीत उनीहरूले लुटेका अधिकांश सम्पत्ति भने आफैंले राख्ने गरेका छन् ।

‘लम्वु’ उपनामले पनि चिनिने अक्रमविरुद्ध हत्या र बलात्कार प्रयास जस्ता अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ ।

२७ वर्षिय अक्रमलाई पक्राउ गर्न खडा गरिएको विशेष सुरक्षा टोलीले चार महिना लामो प्रयासपछि उनलाई आफ्नो फन्दामा पारेको हो ।

सुरक्षा टोलीले गत जुनमा पक्राउ गर्न खोज्दा उनले आफूहरूमाथि गोली चलाएको आरोप लगाएको छ ।

साथै, पक्राउ परेका अक्रमको साथबाट तीन गोली सहितको एउटा पेस्तोल बरामद भएको छ ।

प्रहरीको आँखा छल्न समय समयमा वासस्थान परिवर्तन गर्दै उनी भारतका विभिन्न राज्यहरूमा लुक्दै आएका थिए ।

उनलाई स्थानीय समुदायले पनि सहयोग गरेर प्रहरीबाट जोगाउँदै आएको थियो ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।