युक्रेनमा स्वतन्त्रता दिवस मनाउन प्रतिबन्ध !


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित




युक्रेनमा स्वतन्त्रता दिवस मनाउन प्रतिबन्ध !

युक्रेनको राजधानी किभले यसै साता तय गरेको स्वतन्त्रता दिवसलाई सार्वजनिक रूपमा मनाउन प्रतिबन्ध लगाएको छ ।

रुसी फौजबाट हुनसक्ने सम्भावित आक्रमणको कारण तत्कालीन सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको स्मरणमा कार्यक्रम नमनाउन आग्रह गरिएको छ ।

सोमबार संयुक्त राष्ट्र संघले रुसी आक्रमणमा ५ हजार ५ सय जना भन्दा बढी युक्रेनीको ज्यान गइसकेको तथ्यांक सार्वजनिक गरेको थियो ।

युक्रेनले मुलुकको दक्षिण भागमा रहेको युद्ध अग्रमोर्चा नजिकबाट रुसी फौजले थुप्रै दक्षिणी सहरहरूमा रकेट प्रहार गरेको जनाएको छ ।

रुसले आक्रमण थालेको छोटो समयमै कब्जा लिएको युरोपकै सबैभन्दा ठूलो आणविक भट्टीको उत्तर पश्चिममा ती सहरहरू रहेका छन् ।

निपोरो नदीको दक्षिणी किनारमा अवस्थित रुस अधीनस्थ जापोरिझ्या आणविक भट्टी परिसर रहेको क्षेत्रमा रकेट प्रहार र गोलाबारी हुन थालेपछि आणविक दुर्घटनाको खतरा बढेकाले सो क्षेत्रलाई असैनिक घोषित गर्न आह्वान हुन थालेका छन् ।

गत सप्ताहान्त युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबारको युक्रेनको ३१ औँ स्वतन्त्रता दिवसको सम्मुख रुसबाट अझै शक्तिशाली आक्रमण हुनसक्ने खतरा रहेको चेतावनी दिएका थिए ।

रोयटर्स


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।