फिनल्यान्डका प्रधानमन्त्री सान्ना मरिनको लागुऔषध परिक्षण नेगेटिभ आएको सरकारले सोमबार जनाएको छ ।
हालै उनी एउटा पार्टीमा नाच्दै, पिउँदै र गाउँदै गरेको एउटा भिडियो भाइरल भएपछि ठूलै विवादमा मुछिएकी थिइन् ।
केही विपक्षी राजनीतिक समूहले उनले लागुऔषध परीक्षण गर्नुपर्ने माग अघि सारेका थिए । तर, उनले सुरुदेखि नै आफूले पार्टीमा कुनैपनि लागुऔषध प्रयोग नगरेको र त्यस्तो कुलत आफूमा किशोरावस्थामा समेत नरहेको अडान राख्दै आएकी थिइन् ।
अन्ततः विवाद र तनावबाट पूर्णतः मुक्ति पाउने उद्देश्यले उनले शुक्रबार आफ्नो लागुऔषध परीक्षण गराएकी थिइन् ।
यद्यपि ३६ वर्षिया मरिनले पार्टीमा मदिरा सेवन गरेको भने स्वीकारेकी थिइन् ।
कोकिन, एम्फेटामाइन्स, गाँजा र ओपिओइडुका लागि गरिएको आफ्नो पिसाब परीक्षणको शुल्क मरिन स्वयंले बेहोरेकी हुन् ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







