पोखरा, भदौ ७
पोखरा उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की उठ्ने भएका छन् । कार्की प्रजापति प्यानलबाट बरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने भएका हुन् ।
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते पोखरामा हुँदैछ । अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापति र वाणिज्यतर्फका उपाध्यक्ष अर्जुन पोखरेलबीच भिडन्त हुँदैछ ।
प्रजापति प्यानलबाट बरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका कार्कीलाई पोखरेल प्यानललेपनि समर्थन गर्ने तयारी रहेको बुझिएको छ । यद्वपी त्यसकौ औपचारिक पुष्टि भइसकेको छैन । यदि पोखरेल प्यानललेपनि समर्थन जनाए कार्की सर्वसम्मत बरिष्ठ उपाध्यक्ष हुने सम्भावना छ । किनकी अहिलेसम्म बरिष्ठ उपाध्यक्षमा कसैलेपनि उम्मेदवारी घोषणा गरेको वा दाबी प्रस्तुत गरेका छैनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







